कोपा डेल रेको उपाधिमा बार्सिलोनाको हृयाट्रिक, इनरिकको सुखद विदाइ

१३ जेठ, काटमाडौं । लिओनल मेस्सीको प्रेरणामा बार्सिलोनाले आलाभेसलाई पराजित गर्दै कोपा डेल रे कपको उपाधिमा हृयाट्रिक गरेको छ र प्रशिक्षक लुइस इनरिकेको सुखद विदाइ गरेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले आलाभेसलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

खेलमा बार्सिलोनाले ३० औं मिनेटमा मेस्सीको गोलबाट अग्रता लिएको थियो । तर, यो धेरैबेर टिक्न सकेनन् । ३३ औं मिनेटमा हर्नान्डेजले बराबरी गोल फर्काए ।

४५ औं मिनेटमा नेयमारले गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए । पहिलो हाफ सकिनु अघि नै पाको अलासरले गोल गरेपछि बार्सिलोना ३-१ ले अगाडि रहृयो ।

दोस्रो हाफमा दुबै टोलीबाट गोल हुन सकेन र बार्सिलोना ३-१ को जितसँगै उपाधिमा हृयाट्रिक गरेको छ ।

यो सिजन बार्सिलोनाका लागि निराशाजनक रहृयो । दोस्रो स्थानमा रहँदै ला लिगाको उपाधि रियल मड्रिडलाई सुम्पियो भने च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरियो ।

तर, कोपा डेल रेको उपाधि जित्दै केही राहत पाएको छ ।

बार्सिलोनाले प्रशिक्षकले इनरिकेको पनि सुखद विदाइ गरेको छ । उनी ३ वर्ष बार्सिलोनाको प्रशिक्षक रहे । उनले डेब्यू सिजनमा नै बार्सिलोनालाई ला लिगा, कोपा डेल रे र च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

एकता बुक्स अन्तर बिद्यालय छात्र तथा छात्रा ह्याण्डवल प्रतियोगिता असार दोश्रो साता देखी

पोखरा २७, जेठ पोखरामा असारको दोश्रो साता देखि तेश्रो संस्करणको एकता बुक्स अन्तर बिद्यालय छात्र तथा छात्रा ह्याण्डवल प्रतियोगिता २०७४ हुने भएको छ । बिद्यालय स्तरबाटै ह्याण्डव खेलको विकास र विस्तार गर्ने उद्धेश्यले आउदो असार ९ देखि १० र साउन ...