शुरूभयो ३५ जिल्लामा चुनावी महासंग्राम, ६२ हजार ४०८ उम्मेदवार चुनावी मैदानमा

काठमाडौं, १४ असार

स्थानीय तहको दोस्रो चरणको निर्वाचन बुधबार प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाको ३३४ स्थानीय तहमा बिहान ७ बजेदेखि सुरु भएको छ । मतदानका लागि सबै तयारी पूरा भइसकेको निर्वाचन आयोगले मंगलबार नै पत्रकार सम्मेलन गरी जानकारी दिएको थियो ।
बेलुका ५ बजेसम्म हुने मतदानका लागि ८ हजार ३६४ मतदान केन्द्रमा निर्धारण गरिएको छ भने ६२ हजार ४०८ उम्मेदवार चुनावी मैदानमा छन् ।

निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदानमा सहभागी भई १५ हजार ३८ प्रतिनिधिहरू निर्वाचित गर्ने छन् । ४१ उम्मेदवार भने निर्विरोध निर्वाचित भइसकेका छन् ।

मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिएका छन् ।
निर्वाचन १ महानगरपालिका, ७ उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा हुन लागेको हो ।

निर्वाचनमा ४८ संस्थाका ६ हजार ७३३ जना पर्यवेक्षकले निर्वाचन पर्यवेक्षण गर्ने छन् भने आयोगले ३५ वटै जिल्लामा अनुगमनकर्ता र सूक्ष्म अनुगमनकर्ता खटाइएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

पोखरा विश्वविद्यालय कर्मचारी संघको ध्यानाकर्षण

पोखरा २३ कार्तिक पोखरा विश्वविद्यालय कर्मचारी संघले विश्वविद्यलायमा प्रध्यापकले लगाएको तालावन्दी प्रती ध्यानाकर्षण गराएको छ । कर्मचारी संघका अध्यक्ष शिवराज पण्डित द्धारा हस्ताक्षर गरीएको विज्ञप्तीमा प्रध्यापकहरुले विश्वविद्यालयवाट सम्वन्धन वाड्ने काममा आफूले नै हस्ताक्षर गर्ने र आफैले विरोध गर्ने परिपाटीको विरोध ...