कांग्रेस नेता खुमबहादुर खड्का रहेनन्

नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधन भएको छ।

उपचारका लागि नयाँदिल्लीमा रहेका खड्काको शुक्रबार साँझ ओपोलो अस्पतालमा निधन भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

पूर्वगृहमन्त्रीसमेत रहेका ६६ वर्षिय खड्का मृर्गौला रोगले पीडित थिए। उपचारका लागि दिल्ली पुगेका खड्काको शरीरका धेरै अंगले  काम गर्न छोडेका थिए।

खड्का २००८ जेठ १२ गते  दाङको साविकको धर्ना गाविस ६  भैंसापथरामा जन्मेका हुन्।

उनी पाँच वर्ष नपुग्दै आमा चन्द्रकला खड्काको मृत्यु भयो।

उनको परिवार राजनीतिक थियो। उनका बुवा टेकबहादुर खड्का कांग्रेसका जिल्लास्तरीय नेता थिए।

पदमोदय पब्लिक माध्यमिक विद्यालयमा पढ्दापढ्दै उनी कांग्रेसको राजनीति लागेका थिए।

जिल्ला अदालत दाङ देउखुरीकोको भित्तामा टाँसिएको तत्कालीन राजा महेन्द्र र रानी रत्नराज्यलक्ष्मीको तस्बिरमा ढुंगा हानेपछि उनलाई राजद्रोहको मुद्दा लाग्यो। मुद्दा लागेपछि खड्कासहित ७ जना भागेर बनारस पुगेको  उनका सहपाठी घोराहीका तीर्थराज (चैतु)  ले बताए।

बनारसमा खड्काको वीपी कोइरालासँग भेट भयो। उनी वीपीसँग नजिकिए।

२०३३ सालमा वीपी कोइराला मेलमिलापको नीति ल्याएर नेपाल फर्किँदा खड्का पनि सँगै आएका थिए।

खड्का २८ वर्षको उमेरमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेका थिए।

३३ सालमा उनी पक्राउ परे। ३६ सालको जनमत संग्रहका बेला उनी जेलबाट निस्किए।

त्यसपछि पनि बेलाबेला जेल परे।

२०४८ सालमा भएको आम निर्वाचनमा उनले राप्तीको कांग्रेस कमाण्ड सम्हालेका  थिए।

२०४८ सालमा  खड्का पहिलो पटक भौतिक निर्माण तथा यातायात मन्त्री भए। २०५२ सालमा उनी गृहमन्त्री बने।

२०५९ सालमा उनीमाथि भ्रष्टाचार मुद्दा लाग्यो। उनी दोषी ठहर भए र जेल परे।

२ वर्षअघि भएको कांग्रेसको  १३ औं महाधिवेशनमा खड्काले दोस्रो बढी मत पाएर केन्द्रीय सदस्य  भएका थिए।

खड्काका श्रीमती,  एक छोरा र एक छोरी छन्।

source : setopati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

लेखनाथ जेसिसको अध्यक्षमा ओझा

लेखनाथ २९ मसिर लेखनाथ जेसिसको अध्यक्षमा शालिकराम ओझा निर्वाचित भएका छन् । सस्थाको २० औ वार्षिक साधारण सभा तथा १९ औ अधिवेशनवाट ओझालाई सर्वसम्ममत रुपमा निर्वाचित गरेको छ । सस्थाको कार्यकारीणी उपाध्यक्षमा सन्तोष गुरुङ्ग र कमल गौतम, निवर्तमान अध्यक्ष सन्दिप ...