नेविसंघका केन्द्रिय नेताहरु पोखरामा

पोखरा १२ सोमवार
नेपाल विद्यार्थी संघका केन्द्रिय अध्यक्ष सहितका नेताहरु पोखरा आएका छन् । यही चैत्र २१ गते पोखरा विश्वविद्यालयमा हुन लागेको स्ववियु चुनावलाई केन्द्रित गरी नेताहरु पोखरामा देखिएका छन् । नेविसंघका केन्द्रिय अध्यक्ष नैनसिंह महर, उपाध्यक्ष पुष्प कुमार शाही लगाएतका केन्द्रिय नेताहरु पोखरा आएका छन् ।
पोखरा विश्वविद्यालयमा नेविसंघको टिकट वितरण वारे समेत आज केन्द्रिय नेताह वसेर टुङ्गाउने एक विद्यार्थी नेताले जानकारी दिए । काग्रेसको विशेष गण मानिएको पोखरा विश्वविद्यालयमा नेपाल विद्यार्थी संघले प्यानल नै जित्नु पर्ने नेताहरुको दावी रहेको छ । यसका लागी आफूले सम्पुर्ण समय दिने केन्द्रिय अध्यक्ष नैनसिंह महरले वताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

प्रदेश २ को मुख्यमन्त्रीमा लालबाबु राउत नियुक्त

काठमाडौँ – प्रदेश नम्बर २ को मुख्यमन्त्रीमा संघीय समाजवादी फोरम नेपालका लालबाबु राउत नियुक्त भएका छन्। राजपा नेपालको समर्थनमा राउतले मंगलबार मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई दाबी पेश गरेका थिए। प्रदेश प्रमुख रत्नेश्वर लाल कायश्थले बुधबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका ...