पोखरा विश्वविद्यालयमा चुनावी सरगर्मी शुरु

लेखनाथ ५ चैत्र
प्रदेश नं ४ कै पहिलो केन्द्रिय क्यापस रहेको पोखरा विश्वविद्यालय चुनावी माहोलले विस्तारै तात्ने क्रममा रहेको छ । यही चैत्र २१ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन युनियन (स्ववियु) चुनावको लागी विद्यार्थी संगठनहरु चुनाव प्रचार प्रशारमा लागेका छन् । चुनावमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी लगाएत फोरम विद्यार्थी संगठन लगाएतका संगठनहरु चुनाव प्रचारमा लागेका छन् । यद्यपी चुनाव भने २ वटा विच मात्र प्रष्पिर्धा हुने सम्भावना रहेका विद्यार्थी नेताहरु वताउँछन्् ।
विशेष गरी देशको पछिल्लो राजनितीक अवस्था हेर्दा एमाले पार्टीको भातृ संगठन अनेरास्ववियु र माओवादी निकट क्रान्तिकारी विचमा मिलेर चुनाव लड्ने सम्भावना देखिएको छ । तर आफूहरुले अध्यक्ष पाएमा मिलेर जान सकिने क्रान्तिकारी विद्यार्थी संघठनका नेताहरु वताउँछन् ।
नेपाल विद्यार्थी संघ पोखरा विश्वविद्यालयका नेताहरु केहि दिन अघि एउटा भव्य कार्यक्रम गरी आफ्नो माहोल वनाएर उम्मेदवार वन्ने टिकट ल्याउन काठमाण्डौ देखी नेताको घर धाउन थालेका छन् ।
त्यसै गरी फोरम निकट विद्यार्थी संगठन राम्रो पद पाएमा नेपाल विद्यार्थी संघ सँग मिलेर चुनाव लड्ने तयारीमा रहेको छ । उम्मेदवार को वन्ने भन्ने विषयमा धेरै जनाको नाम चर्चामा आए पनी पक्का नभए सम्म आफूहरु नवोल्ने विद्यार्थी नेताहरु वताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

प्रदेश २ को मुख्यमन्त्रीमा लालबाबु राउत नियुक्त

काठमाडौँ – प्रदेश नम्बर २ को मुख्यमन्त्रीमा संघीय समाजवादी फोरम नेपालका लालबाबु राउत नियुक्त भएका छन्। राजपा नेपालको समर्थनमा राउतले मंगलबार मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई दाबी पेश गरेका थिए। प्रदेश प्रमुख रत्नेश्वर लाल कायश्थले बुधबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका ...