पोखरा विश्वविद्यालयमा चुनावी सरगर्मी शुरु

३ संगठन चुनावमा भिड्दै
क्रान्तिकारीले मागेको सचिव पदमा अनेरास्वीयु र नेविसंघले मानेन
पोखरा १६ चैत्र
पोखरा विश्वविद्यालयमा चुनावी सरगर्मी ह्वात्तै वढेको छ । विद्यार्थीहरु चुनावी अभियानमा लागेका छन् । विद्यार्थी संगठनहरु आफूतिर आकर्षित गर्न र मत गर्न तछाड मछाड गरेका छन् । विश्वविद्यालयमा पहिलो पटक हुन लागेको स्वीयु चुनावमा संगठनहरु प्रचार प्रशारमा जुटी सकेका छन् । विश्वविद्यालयको चुनावमा केही कमजोर देखीएको माओवादी निकट विद्यार्थी संघ अनेरास्ववियु क्रान्किारी एलाएन्स गर्न अनेरास्ववियु र नेविसंघ संग अगाडी वढे पनी अन्तिम समयमा भागवन्डा नमिलेको अनेरास्ववियु क्रान्तिकारीका नेताले वताएका छन् । देशको राजनितिक परिष्तिथीलाई समेत हेरेर वाम एकता गर्ने कोशिशमा रहेपनी क्रान्तिकारीले माग गरेको सचिव पद भने एमाले निकट विद्यार्थी संघ अनेरास्ववियु र काग्रेस निकट विद्यार्थी सगठन नेविसंघले समेत दिन सकेन ।


पोखरा विश्वविद्यालयमा स्ववियु चुनावमा एमाले निकट विद्यार्थी संघ अनेरास्ववियुमा वागी उम्मेदवारको रुपमा कुशुमशिला भट्टले स्वतन्त्र रुपमा उम्मेदवारी दिएपछी उनलाई मिलाउन धेरै प्रयास भएको नेताहरु वताउँछन् । त्यसै गरी नेपाल विद्यार्थी संघमा पनी प्यानल नै वनाएर वागी उम्मेदवार स्वतन्त्र रुपमा उम्मेदवार दिएपनी अन्तिम समयमा केन्द्रिय नेताहरुको पहलमा फिर्ता लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

प्रदेश २ को मुख्यमन्त्रीमा लालबाबु राउत नियुक्त

काठमाडौँ – प्रदेश नम्बर २ को मुख्यमन्त्रीमा संघीय समाजवादी फोरम नेपालका लालबाबु राउत नियुक्त भएका छन्। राजपा नेपालको समर्थनमा राउतले मंगलबार मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई दाबी पेश गरेका थिए। प्रदेश प्रमुख रत्नेश्वर लाल कायश्थले बुधबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका ...