पोखरा विश्वविद्यालयमा युवा रेडक्रस सर्कल पुर्नगठन

लेखनाथ ७ चैत्र

पोखरा विश्वविद्यालयमा साजन घिमिरेको नेतृत्वमा युवा रेडक्रस सर्कल गठन गरेको छ । सर्कलको उपाध्यक्षमा उज्जवल चापागाई, सचिवमा शिशिर अधिकारी, सहसचिवमा सुलोचना देवकोटा, कोषाध्यक्षमा प्रशान्त सापकोटा सदस्यहरुमा शुशन त्रिपाठी, स्वस्तिका महत, सुदर्शन त्रिपाठी, क्षितिज तिमिल्सेना, शुशिल देवकोटा, रञ्जना रानाभाट रहेका छन् । त्यै गरी सल्लाहकारमा विश्वविद्यालयका डिनहरु प्रा डा इन्द्र प्रसाद तिवारी, प्रा हरि वहादुर खड्का, प्रा डा खेमराज जोशी, प्रा वुद्धीराज जोशी र क्रियाशिल पत्रकार सन्दिप पौडेल रहनु भएका छन् ।

नव निर्वाचित समितीले विश्वविद्यालयमा साधारण सदस्य थप्ने र सर्कललाई क्रियाशिल वनाउने प्रतिवद्धता गरेको उपाध्यक्ष उज्जवल चापागाईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

लेखनाथ जेसिसको अध्यक्षमा ओझा

लेखनाथ २९ मसिर लेखनाथ जेसिसको अध्यक्षमा शालिकराम ओझा निर्वाचित भएका छन् । सस्थाको २० औ वार्षिक साधारण सभा तथा १९ औ अधिवेशनवाट ओझालाई सर्वसम्ममत रुपमा निर्वाचित गरेको छ । सस्थाको कार्यकारीणी उपाध्यक्षमा सन्तोष गुरुङ्ग र कमल गौतम, निवर्तमान अध्यक्ष सन्दिप ...