मिस सुनार (विश्वकर्मा)को आवेदन खुल्ला

पोखरा १४ चैत्र –

भिजुअल जोन प्रालिको आयोजनामा पोखरामा ‘मिस सुनार (विश्वकर्मा) नेपाल सिजन २’ हुने भएको हो । प्रतियोगिताका लागि मंगलबार बाट फाराम खुलेको आयोजकले बताएको छ । उक्त फारम बैशाख १० गतेसम्मको लागि खुला रहनेछ । ‘प्रतियोगितामा सुनार समुदायका युवतीहरुले मात्र सहभागिता जनाउन पाउनेछन् ।’ भिजुअल जोनका प्रबन्ध निर्देशक सन्जु सुनारले भने–‘समुदायको कला र मान्यतालाई उठाई सद््भावना कायम गर्नका लागि हामीले यो प्रतियोगिता आयोजना गर्न लागेका हौँ ।’ प्रतियोगितामा १६ वर्षदेखि ३० वर्षसम्मका अविवाहित युवतीहरुले मात्र सहभागिता जनाउने पाउने उनले बताए ।

मिस सुनार (विश्वकर्मा) नेपालमा देशभरिका सुनार युवतीहरुले सहभागिता जनाउन पाउने आयोजक भिजुअल जोनले बताएको छ । ‘समुदायको उचाईलाई समाजमा उठाउने हाम्रो उद्देश्य हो ।’ प्रतियोगिताका ईभेन्ट को–अर्डिनेटर प्रतिक सुनारले भने–‘हामीले नितान्त सामाजिक भावनासहित कार्यक्रम गर्न लागेका हौँ ।’ बैशाख १५ गतेदेखि १ महिनाको तालिम शुरु हुनेछ जसमा बोल्ने कला, नेतृत्व तथा क्षमता बिकास तालिम्, फोटोशुट्, भ्रमण्, ट्यालेन्ड सो लगाएत बिभिन्न कार्यक्रम हुनेछन् । विभिन्न चरणगरि ३० जना प्रतियोगी ग्राण्ड फिनालेमा सहभागी हुनेछन् र ग्रान्ड फिनाले पोखरा मै हुने आयोजकले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

मानव बेचबिखन मुद्दामा राजेन्द्र खड्गी पक्राउ

काठमाडौँ । प्रहरीले कलाकार तथा चलचित्रका द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई पक्राउ गरेको छ । दक्षिण कोरियामा विभिन्न नाटक, वृत्तचित्र र चलचित्र बनाउने भनी कलाकारका नाममा विभिन्न व्यक्तिलाई पठाई उतै लुक्न लगाउने गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले खड्गीलाई बिहिवार ठमेलबाट ...