रोट्याक्ट लेखनाथको सप्ताहव्यापी कार्यक्रम सम्पन्न

लेखनाथ ४ फागुन
रोट्याक्ट क्लव अफ लेखनाथको विश्व रोट्याक्ट स्थापना दिवसको आयोजनामा गरीएको सप्ताहव्यापी कार्यक्रम सम्पन्न गरेको छ । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन कवि शिरोमणी लेखनाथ पौडेलको जन्मस्थल अर्घौ अर्चलेमा सरसफाई कार्यक्रम, दोस्रो दिन पोखरा लेखनाथ २७ स्थित तालचोकमा ट्राफिक सचेतना कार्यक्रम, तेस्रो दिन विश्व शान्तिका लागी कामना गर्दै वृहत द्धिप प्रज्वलन कार्यक्रम, चौथो दिन स्थापनाको दिनमा केक काट्ने कार्यक्रम, पाँचौ दिन वृद्धा आश्रमलाई सहयोग वितरण कार्यक्रम, छैटौं दिन रोरटरी र रोट्याक्ट क्लव विचमा मैत्रिपुर्ण फु्टशल प्रतियोगिता र सातौ दिन डिआरआर भिजिट लगाएतका कार्यक्रम सम्पन्न गरेको क्लवका अध्यक्ष सुजन न्यौपानेले जानकारी दिनु भयो । स्थापना भएको छोटो समयमा लेखनाथ क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्तर्गत नयाँ आयाम थपेको क्वले वर्षेनी विभिन्न कार्यहरु गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

लेखनाथ जेसिसको अध्यक्षमा ओझा

लेखनाथ २९ मसिर लेखनाथ जेसिसको अध्यक्षमा शालिकराम ओझा निर्वाचित भएका छन् । सस्थाको २० औ वार्षिक साधारण सभा तथा १९ औ अधिवेशनवाट ओझालाई सर्वसम्ममत रुपमा निर्वाचित गरेको छ । सस्थाको कार्यकारीणी उपाध्यक्षमा सन्तोष गुरुङ्ग र कमल गौतम, निवर्तमान अध्यक्ष सन्दिप ...