Nepal Oil Corporation. Photo: THT file

आयल निगमले बढायो तेलको मूल्य, पेट्रोल,डिजल र मट्टितेलको मूल्य २ रुपैयाँ बढ्यो

काठमाडौं।नेपाल आयल निगमले पेट्रोल,डिजल र मट्टितेलको मूल्य २ रुपैयाँले बढाएको छ।इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूची अनुसार निगमले मूल्य बढाएको हो।अब पेट्रोल १ सय ५ रुपैयाँ र डिजल तथा मट्टितेल ८५ रुपैयाँ पर्नेछ।निगमका निमित कार्यकारी निर्देशक सुशील भट्टरार्इले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकोले यहाँ मूल्य बढाउनुपर्ने अवस्था आएको बताए।

निगमले हवार्इ इन्धन र खाना पकाउने एलपिजी ग्यासको मूल्य भने यथावत राखेको छ।हवार्इ इन्धनमा नाफानै रहेकोले मूल्य नबढाइएको हो भने एलपिजीमा भने प्रतिसिलिण्डर ६५ रुपैयाँ घाटा छ।अहिले निगमले ग्यासमा क्रस सब्सिडी दिएर मूल्य नबढाउने रणनीति लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

तीन ग्यास उद्योगले पाए गुणस्तरको प्रमाणपत्र, अझै ४८ वटा कम्पनी गुणस्तर प्रमाणपत्रविहीन

काठमाडौं। नेपाल गुणस्तर तथा नापतौल विभागले तीनवटा ग्यास उद्योगलाई नेपाल गुणस्तर प्रमाणपत्र प्रदान गरेको छ। विभागले जानकी ग्यास उद्योग नवलपरासी, मेट्रो ग्यास उद्योग धादिङ र एनएल ग्यास उद्योग वीरगञ्जलाई आज गुणस्तर प्रमाणपत्र प्रदान गरेको हो। विभागले उक्त ग्यास उद्योगमा दुई ...