क्रसर व्यवसायको विकल्प नै छैन, तर यसको उचित नियमन आवश्यक छ ।

मनकामना इन्जिनियरिङ्ग तालचोक तथा अलटेक नेपाल काठमाण्डौका सञ्चालक सुवास अधिकारी सँग संक्षिप्त कुराकानी

मनकामना इन्जिनियरिङ्ग तालचोक सञ्चालनमा आउँदा लेखनाथ क्षेत्रमा व्यवसाय गर्दाको अनुभव ?
लेखनाथमा व्यवसाय शुरुवात गर्दा उचित जग्गाको साथै मुख्यतया विजुली जडान गर्न समस्या र स्थानिय स्तरमा छिमेकीहरुले समेत उद्योग स्थापनामा वाधा अड्चन आएको थियो ।
नेपालमा यस्ता खालको उद्योग कतिवटा छन् र त्यसको वजार कस्तो छ ?
नेपालमा हाम्रो स्तरको काम गर्ने ३ वटा र केही साना गरी करीव ६ वटा उद्योग सञ्चालनमा हरेका छन् । वजारमा माग उच्च रहेको छ । हाम्रो उद्योगमा हामी सँग अहिले पनी ६ महिनालाई पुग्ने काम छ । साथै लेखनाथमै भए पनी अनलाईन मार्फत र फोन मार्फत वुकिङ्ग आउने गरेका छन् ।

 २०५९ साल वाट शुरु
समान्य मेटल सम्वन्धी काम शूरु गरेको
२०६० सालवाट क्रसर मेशिनहरु उत्पादन
४ लाख पुँजीवाट शुरु

विदेशी सामान सँग प्रष्पिर्धा गर्न कत्तिको अफ्ठारो भएको छ ?
प्रतिष्पर्धा त छ नै, तर गुणस्तरमा हामी एक कदम अगाडी र विदेशवाट आएको सामानमा खासै गुणस्तर नहुने हुँदा ठूलो प्रतिष्पर्धा छैन । तर व्राण्ड वनाउन हामी प्रयासरत छौं र अवको केही समयमा मनकामना इन्जिनियरिङ्ग नेपालमा एउटा स्थापित व्राण्ड वनाई छाड्ने छौं ।
क्रसर उद्योगको भविष्य कस्तो देख्नु हुन्छ ?
सरकारको निती क्रसरमा खासै सकरात्मक नभएपनी विकासमा नेपालले नयाँ आयाम थप्दै गएकोमा क्रसको विकल्प देखीदैन । अझ कुनै पनी ठूलो निर्माण गर्दा क्रसर उद्योग त्यही स्थापना गर्न सकिने नियम हुँदा क्रसर उद्योगको भविष्य वढेर गएको देखिन्छ ।

हाल १० करोड वढी लगानी
५० जनाल?ाई रोजगारी दिन सफल
नेपालको क्रसर मेसिन उत्पादन क्षेत्रमा नं १
२०६९ वाट काठमाण्डौमा अलटेक नेपाल सञ्चालनमा

अरु व्यवसाय भन्दा क्रसर मेसिन उद्योग .व्यवसाय नै रोज्नुको कारण ?
पहिले नेपालमा क्रसर उद्योग खोल्दा भारत लगाएतका अन्य देशवाट मेसिन ल्याउन पर्ने हँुदा धेरै महंगो पर्ने भएको साथै कास्की र तनहुँमा धेरै क्रसर उद्योग खुल्ले क्रम जारी रहेको हुँदा हाम्रो क्रसर मेसिन उद्योग फेल नहुने देखेर यस व्यवसायमा लागेका छौं ।
क्रसर मेसिन उद्योग व्यवसायमा समस्याहरु के के औल्याउनु हुन्छ ?
नेपाल सरकारवाट सहयोग नभएको र स्वदेशी उद्योगलाई प्रोत्साहन देखीएको छैन । मेसिनमा भन्सार शुल्क १ प्रतिशत वाट वढाएर धेरै वनाउन सकेमा स्वदेशी उद्योग स्थापित हुन सक्नेछ । त्यसका लागी सरकारले प्रोत्साहन गर्नेु पर्ने आवश्यकता छ ।


अन्त्यमा के भन्नुहुन्छ ?
समयानुकुल व्यवसवसाय हो क्रसर उद्योग । यस कारण क्रसर व्यवसायलाई नियमनको आवश्यकता छ तर यसको विकल्प छैन । साथै हाम्रो जस्तो उद्योगलाई दिर्घकालिन दिन विदेशवाट आउने सामानलाई कम प्रोत्साहन सरकालले दिनु पर्ने हुन्छ ।
प्रस्तुती ः सन्दिप पौडेल

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

एस करापुटार हार्डवयर सञ्चालनमा

लेखनाथ २५ जेष्ठ पोखरा लेखनाथ २७ डाडाको नाकमा एस करापुटार हार्डवयर सञ्चालनमा आएको छ । करीव डेढ करोड लगानीमा हार्डवयर सञ्चालनमा ल्याइएको सञ्चालक शिवराज अधिकारीले जानकारी दिए । लेखनाथ क्षेत्रमा नै घरहरु अत्यधिक मात्रा वन्नै गएको हुनाले ग्राहकको अत्यधिक मागका ...