नितेश जंगले लेकसाइड तताउने

पोखरा २३ चैत्र
प्रशिद्ध गायक नितेश जंग कुँवरले पोखराको लेकसाइड तताउने भएका छन् । कुँवरले पोखरामा नै दोस्रो पटक दरवार रेष्टुरेन्टमा नयाँ वर्षको अवसरमा आफ्नो प्रस्तुती राख्ने आयोजक सस्था भिजुओल जोनका कार्यक्रम संयोजक प्रतिक सुनारले जानकारी दिए । पोखरामा यस अघी स्वप्न सुमन लाईभ कन्सर्ट, लाहुरे व्याण्ड लगाएतका कार्यक्रमहरु गर्दे आएको जोनले नयाँ वर्षको अवसरमा पोखरामा पर्यटकको आकर्षण थपिने जानकारी दिएका छन् । समय समयमा हुने यस्ता कार्यक्रमले पोखरामा आन्तरीक र वाह्य पर्यटकको वसाई लम्ब्याउन विशेष भूमिका खेल्ने स्थानियहरु वताउँछन् । कार्यक्रममा करिव ५०० दर्शक आउने अपेक्षा गरीएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

मानव बेचबिखन मुद्दामा राजेन्द्र खड्गी पक्राउ

काठमाडौँ । प्रहरीले कलाकार तथा चलचित्रका द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई पक्राउ गरेको छ । दक्षिण कोरियामा विभिन्न नाटक, वृत्तचित्र र चलचित्र बनाउने भनी कलाकारका नाममा विभिन्न व्यक्तिलाई पठाई उतै लुक्न लगाउने गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले खड्गीलाई बिहिवार ठमेलबाट ...