न्यू लेखनाथ पब्लिकमा अभिभावक भेला

लेखनाथ २७ चैत .
पोखरा लेखनाथ महानगरपालिका वडा नं ३० मा रहेको न्यू लेखनाथ पब्लिकले मंगलवार अभिभाबक भेलाको आयोजना गरि नयाँ शैक्षिक सत्रको भावी योजना सहित पुरस्कार बितरण गरेको छ ।


कार्यक्रमको उद्घाटन गर्दै प्रदेश नं ४ का सासंद दिपक कोईरालाले शिक्षा क्षेत्रमा निजी विद्यालयको योगदानका बारेमा चर्चा गर्दै समय सुहाउदो प्रयोगात्मक र ब्यवहारीक शिक्षाको आवस्यकताका बारेमा जोड दिएका थिए । पढाई सिकाईका लागि मात्र नभई जिबन उपयोगी हुनु पर्छ जसले विद्यार्थीको भविश्यमा आमुल परिबर्तन ल्याउन सक्नु पर्ने भएकाले अन्तराष्ट्रिय सुहाउदो शौक्षिक निती नै अहिलेको आवस्कता भएको उनको भनाई रहेको थियो । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दयाराम तिवारीको अध्यक्षतामा भएको सो कार्यक्रममा एन प्याव्सन कास्कीका सदस्य अर्जुन प्रसाद अधिकारी,लेखनाथ उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी,वडा नं ३० का वडाअध्यक्ष श्रीराम पोख्रेल, वडा सदस्य सारदा वास्तोला,ब्यवस्थापक सुर्यप्रकाश तिवारी, अभिभावक जिबन तिवारी,संचालन समितिका सदस्य बिजय ढकाल, डाडाकोनाक प्रहरी चौकीका प्रमुख प्रहरी नायव निरिक्षक गोविनद पुरी लगाएतले शौक्षीक विकासका लागि अभिभावक,शिक्षक,विद्यार्थी र संचालक समितिका बिच सहकार्यको वातावरण सृजना हुनु पर्ने धारणा राखेका थिए । विद्यालय प्रिन्सिपल हरिकृष्ण न्यौपानेले विद्यालयको भावी योजना र बर्तमान अवस्थाका बारेमा जानकारी गराएको सो कार्यक्रममा स्वागत विद्यार्थी राजेन्द्र सुनारले गरेका थिए भने शिक्षक सारदा भण्डारी र ज्ञानेन्द्र न्यौपानेले कार्यक्रम संचालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

लेखनाथमा खुल्यो गार्डेन सिटी ट्राभल्स

लेखनाथ १ चैत्र पोखरा लेखनाथ २७ तालचोकमा गार्डेन सिटी गार्डेन सिटी ट्राभल्स एण्ड टुर्स सञ्चालनमा आएको छ । विहिवार एक कार्यक्रमका विच पोखरा लेखनाथ २७ का वडा अध्यक्ष पुर्ण कुमार गुरुङ्गले रिवन काटी ट्राभल्सको कार्यलय उद्घाटन गर्नु भएको छ । ...