“पोखरा बोल्छ” को अाठौँ श्रृङ्खला सम्पन्न

वैशाख ८, पोखरा-

युवा बैचारिक समाज पोखराको आयोजनमा यहि बैशाख ८ गते शनिबार होटेल स्नो ल्यान्डमा, “बलात्कार ,हाम्रो मानसिकता,कानुन र प्रसासन” शिर्षकमा “पोखरा बोल्छ” को अाठौँ श्रृङ्खला सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा वक्ताका रुपमा लैङ्गकि अधययन,अनुसन्धान र प्रध्यापनमा कृयसिल डा.चन्द्रा भाद्र, मानसिक चिकित्सक प्रो.  डा. निर्मल लामिछाने ,वरिष्ठ अधिबक्ता हरि सुवेदी, अधिबक्ता कुन्जनी परियार प्यासी,र जिल्ला प्रहरी कार्यलय कास्किका डिएसपी खड्का बहादुर खत्री उपस्थित हुनुभएको थियो। कार्यक्रम संचालन युबा बैचारिक समाज पोखराकी सदस्य सामना बराल ले गर्नु भएको थियो भने त्यसपछि समाजकै सदस्य प्रकृति ढकालले कार्यक्रमको सहचालकको भुमिका निर्वाह गर्नुभएको थियो।

बलात्कार पछि बलात्कृत महिला र उनको परिवारको मानसिक अवस्था केकस्तो पाइन्छ,बलात्कृत महिला प्रति रुढीबादी समाजको दृष्टिकोण कस्तो छ, बलत्कारी विरुद्ध कानुन र बलात्कार पीडित लाई कानुनी क्षतिपूर्तिको कस्तो ब्यबस्था छ   लगायत अन्य विषयमा उपस्थित वक्ताहरुले आआफ्नो  धारणा व्यक्त गर्नु भएको थियो।
बलात्कार ,लैङ्गकि विभेद आदि जस्ता समस्या नेपालको मात्रै नभएर अरु देशहरुको पनि समस्या भएको,बलात्कार को घटना पहिलेको भन्दा अहिले धेरै सुनिएको र यसको कारण मानिसहरु दमन सहेर नबस्ने उजुरी गरिहाल्ने बानिको बिकास हुनु हो र पहिला त्यति बलात्कारका घटना सुनिदैनथे भन्दैमा घटनै नहुने हैन कि त्यो कुरा बाहिर आउदैनथे भन्ने आफ्नो क्षेत्र अनुसारको बिचार उपस्तिथित बक्ता हरुले राख्नुभएको थियो।

बलत्कारिलाइ फाँसी दिनुपर्छ भन्ने कुराहरु आइरहने तर हाम्रो देशको संविधानले मृत्यु दण्ड लाई नस्विकारेको तर अपराधीलाई जिवित रहे सम्म कैद हुने ब्यबस्था चाहिँ रहेको कुरा अधिबक्ता ज्यु हरुले राख्नु भएको थियो।पीडित महिला तथा बालबालिका लाई बलात्कार पछि मानसिक रुपमा निकै नै असर पर्ने र आत्महत्या समेत गर्ने गरेको हुनाले उनिहरुलाइ समयमै उचित परामर्श र समाजले उसलाई हेर्ने दृस्ठिकोणमा परिवर्तन ल्याउनु पर्ने कुरा पनि वक्ता हरुले बताउनु भएको थियो।
पोखरा बोल्छ कार्यक्रम युवा बैचारिक समाज पोखराले बिगत केही महिना देखि विभिन्न सामाजिक,सास्कृतिक,लगायतका विषयहरु जसले पोखरेली समाजमा प्रत्येक्ष वा अप्रत्यक्ष रुपमा सम्बन्ध राखिरहेका छ्न,ती विषयहरुमा सम्बन्धित ब्यक्ति तथा विद्वान हरुलाइ निमन्त्रणा गरेर छ्लफल गर्दै आइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

फिस फेष्टीवलमा वेगनास क्लव र आमा समुहको सहयोग

लेखनाथ २४ चैत्र होटल तथा रेष्टुरेन्ट एसोसिएसनको आयोजनामा हुन लागेको चौथौ फिस फेष्टीवलमा वेगनास युवा क्लव र वेगनासताल महिला समुहले सहयोग गर्ने भएको छ । वेगनास युवा क्लवका अध्यक्ष राम रानाभाटले लेखनाथमा रहेको वेगनासतालको प्रचारमा मुख्य भूमिका खेलेको फिस फेष्टीवलमा ...