पोखरा विश्वविद्यालय स्ववियु चुनाव अपडेट

पहिलो पटक पोखरा विश्वविद्यालयमा हुन लागेको स्ववियु चुनावमा ९.३० वजे सम्ममा करिव १५० मत खसेको छ । २१३० विद्यार्थी भोटर सख्या रहेको विश्वविद्यालयमा करिव १६०० मत खस्न सक्ने अनुमान विद्यार्थी नेताहरुले लगाएका छन् । टाढा टाढावाट विद्यार्थी आउन र आफ्नो पक्षमा मत पार्न विभिन्न संगठनले वसको व्यवस्था, पानी र खानाको व्यवस्था समेत गरेका छन् । चुनावमा लागी सुरक्षा व्यवस्था कडा पारेको इलाका प्रहरी कार्यलय डाडाको नाकका इन्चार्ज गोविन्द पुरीले जानकारी दिए । चुनावको माहोल अत्यन्त मर्यादित वातावरणमा भईरहेको र तयारीमा केही ढिलो हुनाले ७.३० वजे वाट शुरु हुने मतदान कार्यक्रम आधा घण्टा ढिलो शुरु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

प्रदेश २ को मुख्यमन्त्रीमा लालबाबु राउत नियुक्त

काठमाडौँ – प्रदेश नम्बर २ को मुख्यमन्त्रीमा संघीय समाजवादी फोरम नेपालका लालबाबु राउत नियुक्त भएका छन्। राजपा नेपालको समर्थनमा राउतले मंगलबार मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई दाबी पेश गरेका थिए। प्रदेश प्रमुख रत्नेश्वर लाल कायश्थले बुधबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका ...