बेगनास फिस फेस्टीभल तयारी अन्तिम चरणमा

लेखनाथ २३ चैत
लेखनाथको पयर््टन प्रवर्दन गर्न उद्देश्यले आयोजना गरिएको चौंथो बेगनास माछा महोत्सवको तयारी अन्तिम चरणमा पुुगेको छ । होटल तथा रेष्टुरेष्ट एशोसियसन लेखनाथले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरि उक्त जानकारी दिएको हो ।लेखनाथ क्षेत्रलाइ उत्कृष्ट पर्यटकिय गन्तव्य वनाउन सघाउ पुर्याउनका लागि पर्यटकिय स्थलको प्रचार प्रसार गर्ने उद्देश्यले माछा महोत्सव गर्न लागिएको हो ।
यस वर्ष उक्त माछा महोत्सवमा २५ वटा स्टल रहनेछन् । उक्त अवसरमा माछा तथा स्थानिय कृषीउत्पादनबाट बनेका बिभिन्न परिकारहरु राखिइने छन् । त्यसैगरी मोटरबोटमा ताल शयर तथा बराह मन्दिर दर्शन, माछा रोग शिबिर, माछा तथा मह प्रदर्शनी, हेलिकप्टरबाट सात ताल तथा आसपासका पर्यटकिय स्थल अवलोकन, जडिबुटी प्रदर्शन तथा विक्रि, पप कन्सर्ट, हास्य व्यंग्य तथा दोहोरी, भेषभुषा तथा झाँकी प्रदर्शनी, महिला तथा पुरुष खुल्ला दौड प्रतियोगिता, खुल्ला पौडी प्रतियोगिता, माछा मार्ने प्रतियोगिता, माछाका भूरा छोड्ने कार्यक्रम लगायतका कार्यक्रम महोत्सवका आकर्षण रहनेछन् । महोत्सवबाट ७० हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्ने तथा ४० लाख रुपैंयाको आर्थीक कारोबार हुने आयोजकले अपेक्षा गरेको छ ।
होटल तथा रेष्टुरेष्ट एशोसियसनका अध्यक्ष कृष्ण प्रसाद तिमिल्सीनाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एशोसियसनका पूर्व अध्यक्ष दुर्गा प्रसाद अधिकारी, निवर्तमान अध्यक्ष दामोदर भक्त थापा, मत्स्य अनुसन्धान केन्द्र बेगनासतालका अग्नी थापा, लगायतले बोलेका थिए । महासचिव विरभद्र कँडेलले कार्यक्रमको संचालन गरेका थिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

तीन ग्यास उद्योगले पाए गुणस्तरको प्रमाणपत्र, अझै ४८ वटा कम्पनी गुणस्तर प्रमाणपत्रविहीन

काठमाडौं। नेपाल गुणस्तर तथा नापतौल विभागले तीनवटा ग्यास उद्योगलाई नेपाल गुणस्तर प्रमाणपत्र प्रदान गरेको छ। विभागले जानकी ग्यास उद्योग नवलपरासी, मेट्रो ग्यास उद्योग धादिङ र एनएल ग्यास उद्योग वीरगञ्जलाई आज गुणस्तर प्रमाणपत्र प्रदान गरेको हो। विभागले उक्त ग्यास उद्योगमा दुई ...