भारतीय क्रिकेटको प्रशारण अधिकार स्टार इन्डियाले ९४४ मिलियन डलरमा किन्यो

करिब तीन दिन चलेको ई-लिलामीबाट प्रतिश्पर्धी कम्पनीलाई उछिन्दै स्टार इन्डियाले भारतमा हुने अन्तर्राष्ट्रिय टिभी र डिजिटल प्रशारणको अधिकार पाएको छ।

पाँच वर्षका लागि हुने सम्झौतामा स्टार इन्डियाले बिसिसिआईलाई ९४४ मिलियन अमेरिकी डलर तिर्ने भएको छ।

स्टार इण्डियाले आगामी पाँच वर्षका लागि टिभी र डिजिटल प्रशारणका लागि बीसीसीआईलाई ६१३८.१ करोड भारतीय रूपैयाँ अर्थात ९८ अर्ब २० करोड ९६ लाख नेपाली रूपैयाँ खर्च गर्ने भएको छ।

ई-नीलामीमार्फत अन्तिम राउण्डमा स्टार इण्डिया प्रा. लिले रिलायन्स इण्डस्ट्रिज लिमिटेठ र सोनी पिक्चर नेटवर्क इण्डियालाई हराएर आफूले लिएको हो।

स्टारले आगामी १५ अप्रिल २०१८ देखि ३१ मार्च २०२३ सम्म प्रशारण अधिकार पाएको हो। स्टार इण्डियाले टिम इण्डियाले आगामी ५ वर्षसम्म खेल्ने विभिन्न १०२ अन्तर्राष्ट्रिय खेलको प्रशारण गर्ने भएको छ। यस्तै भारतमा हुने घरेलु प्रतियोगिताको पनि प्रशारण अधिकार पाएको छ।

पहिलो पटक भएको यस्तो लिलामीबाट बीसीसीआईलाई पछिल्लो २०१२-२०१८  को भन्दा ६० प्रतिशत रकम फाइदा भएको छ।

सन् २०१२देखि २०१८ सम्म स्टार इन्डियाले ३८५१ करोड अर्थात ३८ अर्ब ५१ करोड रूपैयाँ खर्चिएको थियो। तर अहिले खर्चिएको रकम अनुसार स्टार इन्डियाले ६० करोड १ लाख रूपैयाँ प्रति खेल खर्चिएको हो।

यसअघि बोर्डले ५५-६० करोड बिचमा सम्झौता हुने भनिए पनि अन्ततः ६० करोडभन्दा बढी रकम खर्चिन पुगेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

कोपा डेल रेको उपाधिमा बार्सिलोनाको हृयाट्रिक, इनरिकको सुखद विदाइ

१३ जेठ, काटमाडौं । लिओनल मेस्सीको प्रेरणामा बार्सिलोनाले आलाभेसलाई पराजित गर्दै कोपा डेल रे कपको उपाधिमा हृयाट्रिक गरेको छ र प्रशिक्षक लुइस इनरिकेको सुखद विदाइ गरेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले आलाभेसलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ...