भुकम्पमा मृत्यु भएको सम्झनामा द्धिप प्रज्वलन

लेखनाथ १२ वैशाख
गएको २०७२ साल वैशाख १२ गते नेपालमा भुकम्पमा परी ज्यान गुमाउनेको सम्झनामा वृहत द्धिप प्रज्वलन सम्पन्न भएको छ । त्रिवेणी इन्टरनेशनल कलेज विद्यार्थी कल्याणकारी समितीको आयोजनामा भएको द्धिप प्रज्वलन कार्यक्रममा वोल्दै कलेजका प्राचार्य यदुनाथ आचार्यले विद्यार्थीले अध्ययन सँगै समाजिक उत्त। दायित्वमा अगाडी वढेकोमा खुशी व्यक्त गर्दै वैशाख १२ को विनासकारी भुकम्प अहिले समेत भुल्न नसकेकने स्मरण गर्दै भुकम्प पिडितलाई उचित राहत दिन सरकार समक्ष माग समेत गर्नु भएको छ ।


त्रिवेणी इन्टरनेशनल कलेज विद्यार्थी कल्याणकारी समितीका सस्थापक अध्यक्ष एवम् रेडियो लेकसिटीका स्टेशन म्यानेजर कमल गौतमले शोकलाई शक्तिमा वदल्दै देश पुर्ननिर्माणमा जानु पर्ने र पिडितले उचित राहत पाउनु पर्नेमा जोड दिनु भएको थियो । त्रिवेणी इन्टरनेशनल कलेज विद्यार्थी कल्याणकारी समितीका अध्यक्ष सरोज भट्टराईको सभापतीत्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव विराज भुर्तेलले गरेका थिए । द्धिप प्रज्वलन कार्यक्रममा कलेजका विद्यार्थी, प्राध्यापक, कर्मचारी लगाएत स्थानियको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

फिस फेष्टीवलमा वेगनास क्लव र आमा समुहको सहयोग

लेखनाथ २४ चैत्र होटल तथा रेष्टुरेन्ट एसोसिएसनको आयोजनामा हुन लागेको चौथौ फिस फेष्टीवलमा वेगनास युवा क्लव र वेगनासताल महिला समुहले सहयोग गर्ने भएको छ । वेगनास युवा क्लवका अध्यक्ष राम रानाभाटले लेखनाथमा रहेको वेगनासतालको प्रचारमा मुख्य भूमिका खेलेको फिस फेष्टीवलमा ...