विहारबाट सयौँ भारतीय तीर्थयात्री मुक्तिनाथ प्रस्थान, केन्द्रिय मन्त्रीले गरे विदाइ

पर्शुराम काफ्ले नयाँ दिल्ली, १८ चैत

विहारको हरिहरक्षेत्र गजेन्द्रमोक्षधामबाट नेपालको मुक्तिनाथका लागि हरिहरनाथ मुक्तिनाथ सांस्कृतिक यात्रा शनिवार विहारबाट शुरु भएको छ । भारतका केन्द्रिय शुक्ष्म लघु उद्योगमन्त्री गिरिराज सिंह र राज्यसभाका सांसद गोपाल नारायण सिंहले यात्राको उद्घाटन गरेका छन् । नेपाल र विहारका धार्मिक स्थलको प्रचारप्रसार समेत गर्ने तीर्थयात्रीलाई सोनपुरबाट हरिपुरका लागि बिदाइ गरिएको छ ।

शनिवार विहारको गण्डकी र सोन नदीको संगम कालीघाटमा तीर्थयात्रीले विशेष महाआरती आयोजना गरेका छन् । धर्म जागरण समन्वय विभाग यो यात्राको मुख्य आयोजक हो । नेपाल र भारतका धार्मिकस्थललाई जोड्न २०६८ सालदेखि धार्मिक यात्रा हुँदै आएको छ । यसबर्ष करिब अढाईसय भारतीय तीर्थयात्रीले मुक्तीनाथको दर्शन तथा प्रचारप्रसार गर्ने छन् ।

आज नेपाल भारत सीमासम्म करिब एक हजारजना सहभागी हुनेछन् । आजै विहान हरिपुरबाट मुजफ्फरपुर हुँदै नेपालका लागि तीर्थयात्री प्रस्थान गर्नेछन् । यो यात्राका लागि खटिएका नेपाल प्रभारी अनुप कुमारका अनुसार तीर्थयात्रीले पोखरासम्म रथ लैजानेछन् ।

‘हरिहरनाथ – क्तिनाथ सांस्कृतिक यात्रा’को टोली मंगलवार रौतहटको बैरगेनिया पुग्नेछ । एउटा टोली सोमवार नवलपरासीको त्रिवेणीधामबाट नेपाल प्रवेश गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।

परापुर्वकालमा भारतको हरिहरनाथदेखि नेपालको मुक्तिनाथसम्म साधुसन्तहरुको आवतजावत हुने गरेको थियो । विगतमा गंगा नदीको संगमस्थल भारतस्थित हरिहर क्षेत्रबाट कालीगण्डकीको उद्गमस्थल नेपालको मुक्तिनाथ क्षेत्रसम्म नदीको किनारै किनार तिर्थ यात्रा हुने गरेको थियो । त्यसैको निरन्तरताका रुपमा ‘हरिहरनाथ – मुक्तिनाथ सांस्कृतिक यात्रा’को आयोजना गर्दै आएको हो ।

 

यात्राका क्रममा चवन्य ऋषिको आश्रम, सोमेश्वरनाथ, वाल्मिकी आश्रम, त्रिवेणी धाम, देवघाट तथा अन्नपुर्ण क्षेत्रका मन्दिर हुँदै तीर्थयात्रीहरु मुक्तिनाथ पुग्नेछन् । यात्राका नेपाल प्रभारी अनुप कुमारका अनुसार ‘हरिहरनाथ – क्तिनाथ सांस्कृतिक यात्रा’ भारतको सोनपुरबाट मुक्तिनाथसम्म नारायणीको संगमबाट उद्गमसम्मको देव तिर्थयात्रा हो । यात्रामा भारत तथा नेपालका विभिन्न शक्तिपीठका दजैनौं पीठाधीश, सन्तमहन्त, समाजसेवी र सर्वसाधारणको समेत उल्लेखनिय सहभागिता रहने आयोजकले जनाएको छ ।

यस्तो छ यात्रा तालिका

पहिलो यात्रा टोली चैत्र १७ गते विहारको जहानावाद, पटना र सोनपुर हुदै नेपाल प्रवेश गर्नेछ । टोली नेपालको बेलटारी, सुरजपुरा, महेशपुर, कावासोती हुदै नारायणघाट पुग्ने छ ।

यसैगरी दोश्रो यात्रा टोली विहारको बैरगनीया हुदै नेपालको चन्द्रनिगाहपुर पथलैया, हेटौडा हुदै नारायणघाट पुग्नेछ । चैत २१ गते नारायणघाटमा यी दुबै टोलीको भेट भएपछि यात्रा देवघाट हुदै पोखरा पुग्नेछ र चैत्र २२ गते बेनी, तातोपानी हुदै लेतेमा बास बस्नेछ । २३ चैत्रमा जोमसोम हुदै तीर्थयात्रीले मुक्तिनाथको दर्शन गरेर विहार फर्किनेछ ।

source: nayapatrika.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

शिवगोरखनाथ पीठ सिध्दाश्रममा बधाइ तथा सम्मान

पौराणीक एंव एेतिहासिक पर्यटकिय तपोभूमि श्री शिवगोरखनाथ पीठ सिध्दाश्रम पोखरा लेखनाथ-३१ किंमवेसीमा नव निर्वाचित जनप्रतिनिधिलाई एक समारोह बीच बधाई सम्मान तथा स्वागत गरिएको छ। मन्दिर ब्यबस्थापन समितिका अध्यक्छ खेमनाथ भट्टराइको सभापतित्वमा भएको कार्यक्रममा मन्दिरका पीठाधिश महाराज बलभद्र योगीले निर्वाचित जनप्रतिनिधिलाइ ...