सन्तोष सुवेदी र चन्दा दाहाल बीच दुइ मिनेट के भयो { भिडियो सहित }

पोखरा, २५ चैत ।

गायक तथा पत्रकार सन्तोष सुवेदीको लोक दोहोरी गीत ‘बोल्नी मन छ अति’ को म्युजिक भिडियो सार्वजानिक भएको छ । गायक सुवेदी र पुर्णकला विसीको स्वरमा रहेको गीतमा कृष्ण सुवेदीको शब्द/लय सिर्जना रहेको छ ।

थ्रीस्टार मिडियाबाट बजार व्यवस्थापन भएको गीतको भिडियोमा समिर थोकरले निर्देशन गरेका छन् । भिडियोमा निर्देशक थोकर र नायिका चन्दा दाहालले फिचरिङ गरेका छन् । भेनस फिल्मस प्रालिले निर्माण गरेको भिडियोमा सागर गौतमको छायांकन,प्रकाश एसकेले सम्पादनको रहेको छ ।

आजभन्दा झन्डै चार वर्ष पहिले रेकर्ड भएको गीतको अडियो निकै रुचाइएको थियो । गीतको म्युजिक भिडियो पनि दर्शक स्रोताले रुचाउने आशावादीमा गायक सुवेदी छन् । सुवेदीका यसपछि ‘एक्लो छोरो म, हाई हाई हाई,’ गीत बजारमा आइसकेका छन् ।

छिट्टै नै पञ्चेबाजाको गीत आउने तयारी रहेको उनले सुनाए । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति पर्वतका सह–सचिव समेत रहेका सुवेदी पोखराको ताण्डव साप्ताहिकका कार्यकारी सम्पादक समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

मानव बेचबिखन मुद्दामा राजेन्द्र खड्गी पक्राउ

काठमाडौँ । प्रहरीले कलाकार तथा चलचित्रका द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई पक्राउ गरेको छ । दक्षिण कोरियामा विभिन्न नाटक, वृत्तचित्र र चलचित्र बनाउने भनी कलाकारका नाममा विभिन्न व्यक्तिलाई पठाई उतै लुक्न लगाउने गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले खड्गीलाई बिहिवार ठमेलबाट ...