सलमानलाई ५ वर्षको जेल सजाय

बलिउड अभिनेता सलमान खानलाई ५ वर्षको जेल सजाय हुने भएको छ। उनलाई कालो हरिण सिकारको मामिलामा सजाय दिइने भएको हो।

सन् १९९८ मा ‘हम साथ साथ हे’ फिल्मको सुटिङको समयमा राजस्थानका स्थानीयले पवित्र मानेर पूजा गर्ने ‘चिङ्कारा’ (कालो हरिण) को सिकार गरेको आरोप उनीमाथि लागेको थियो। अदालतमा २० वर्षदेखि चलिरहेको मुद्दामा आज उक्त फैसाला आएको हो।

यो मामिलामा सलमानसँगै अभिनेता सैफअलि खान र अभिनेत्रीहरू सोनाली बेन्द्रे, निलम तथा तब्बुसमेत आरोपी थिए। उनीहरू भने आरोपबाट मुक्त भएका छन्।

source : setopati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

मानव बेचबिखन मुद्दामा राजेन्द्र खड्गी पक्राउ

काठमाडौँ । प्रहरीले कलाकार तथा चलचित्रका द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई पक्राउ गरेको छ । दक्षिण कोरियामा विभिन्न नाटक, वृत्तचित्र र चलचित्र बनाउने भनी कलाकारका नाममा विभिन्न व्यक्तिलाई पठाई उतै लुक्न लगाउने गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले खड्गीलाई बिहिवार ठमेलबाट ...