स्थापना दिवसमा द्धिप प्रज्वलन

लेखनाथ २७ चैत्र
रोट्याक्ट क्लव अफ लेखनाथले आफ्नो स्थापना दिवसको अवसरमा वृहत द्धिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । क्लव छैटौ वर्ष पार गरी सातौ वर्षमा लागेको अवसरमा द्धिप प्रज्वलन र केक काट्ने कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा वोल्दै प्रमुख अतिथी रोटरी क्लव अफ लेखनाथका अध्यक्ष वद्रीनाथ पौडेलले रोट्याक्ट क्लव अफ लेखनाथले समाजमा प्रशंसनिय कार्य गरेको र अझ काम गर्न शुभकामना दिँदै सहकार्य गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको छ ।
सोही कार्यक्रममा रोट्याक्ट क्लव अफ लेखनाथका सस्थापक अध्यक्ष सन्तोष गुरुङ्गले स्थापना समय देखी क्लवले ६ वर्ष गर्दै गर्दा आफू उत्तिकै क्रियाशिल रहेको र क्लवलाई सधै सहयोग गर्ने वताउनु भएको छ । रोट्याक्ट क्लव अफ लेखनाथका अध्यक्ष सुजन न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव शिवराज अधिकारीले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

लेखनाथमा खुल्यो गार्डेन सिटी ट्राभल्स

लेखनाथ १ चैत्र पोखरा लेखनाथ २७ तालचोकमा गार्डेन सिटी गार्डेन सिटी ट्राभल्स एण्ड टुर्स सञ्चालनमा आएको छ । विहिवार एक कार्यक्रमका विच पोखरा लेखनाथ २७ का वडा अध्यक्ष पुर्ण कुमार गुरुङ्गले रिवन काटी ट्राभल्सको कार्यलय उद्घाटन गर्नु भएको छ । ...