१५० करोडको महँगो फिल्म गर्दै टाइगरकी हिरोइन

बलिउड अभिनेता एवम हाल प्रदर्शनरत: फिल्म ‘बागी २’की अभिनेत्री दिशा पटानीलाई फेरि एउटा सफलता हात परेको छ। उनी १५० करोड भारूको महँगो बजेटमा निर्माण हुन लागिरहेको दक्षिण भारतिय फिल्ममा अनुबन्धित भएकी छन्।

उनी सुन्दर सिले बनाउने ‘सङ्गमित्र’ फिल्ममा अनुबन्धित भएकी हुन्। ‘मुम्बई मिरर’ले जनाए अनुसार फिल्म जुलाइबाट फ्लोरमा जानेछ। फिल्मका लागि हैदरबादमा ‘बाहुबली’कै स्तरको सेटमा फिल्म खिचिनेछ। दुई भागमा निर्माण हुने फिल्मको पहिलो भागलाई आगामी वर्ष रिलिज गर्ने तयारी निरमाण कम्पनीको छ।

विगत एक वर्षदेखि फिल्मको प्रिप्रोडक्सनको काम चलिरहेको छ। फिल्मको दुबै भागको छायाँकन गर्न १८ महिना लाग्ने अनुमान गरिएको छ। फिल्ममा जयम रवि र आर्याको महत्वपूर्ण भूमिकामा अभिनय गर्नेछण् भने दीशा एउटि लडाकु स्वभावकी राजकुमारीको  भूमिकामा देखिनेछिन्।

फिल्म हिन्दी, तमिल र तेलेगु गरी तीन भाषामा रिलिज हुनेछ। फिल्मको घोषणा गत वर्ष कान फिल्म फेस्टिवलमा भएको थियो।

source : setopati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

मानव बेचबिखन मुद्दामा राजेन्द्र खड्गी पक्राउ

काठमाडौँ । प्रहरीले कलाकार तथा चलचित्रका द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई पक्राउ गरेको छ । दक्षिण कोरियामा विभिन्न नाटक, वृत्तचित्र र चलचित्र बनाउने भनी कलाकारका नाममा विभिन्न व्यक्तिलाई पठाई उतै लुक्न लगाउने गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले खड्गीलाई बिहिवार ठमेलबाट ...